पार्टीमा आर्थिक अराजकता मौलाएको विप्लवको स्वीकारोक्ति | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

काठमाडौं, ९ भदौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीभित्र व्यापक आर्थिक अराजकता रहेको स्वीकारेका छन्।

 

नेता–कार्यकर्ता चन्दामुखी भएको आरोप लागेका बेला चन्दले नै अराजकता मौलाएको स्वीकारेका हुन्।

 

केन्द्रीय समिति बैठकमा पेस गरेको दस्तावेजमा चन्दले आर्थिक अराजकताको कुरा महत्त्वका साथ उल्लेख गरेका छन्। उनको दस्तावेजलाई बैठकले अनुमोदन गरेको छ।