काठमाडौँ, ८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य उपचार गराउन आज थाइल्याण्ड जाँदै हुनुहुन्छ ।
एमाले अध्यक्ष ओली थाइ एयरवेजको विमानबाट अपरान्ह १ बजे थाइल्याण्डको बैंकक जान लागेका हुन् । ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जाँदै हनुहुन्छ । उपचारका लागि ओली यसअघि गएको जेठमा बैंकक गएका थिए । नियमित स्वास्थ्य परीक्षणपछि ओली भदौ १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।