कञ्चनपुर, १६ असोज । बन्दमा कार्यालय खोलेको भन्दै कञ्चनपुरमा नेपाल बिद्यार्थी संघका कार्यकर्ताले सरकारी कार्यालयमा तोडफोड गरेका छन ।
१३ बर्षिया निर्मला पन्तका हत्यारा सार्वजनिकको माग राख्दै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले मंगलबार कञ्चनपुर बन्दको आह्वान गरेको छ । बन्दको अवाज्ञा गरेको भन्दै कञ्चनपुरका तीनवटा सरकारी कार्यालयमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
नेविसंघका कार्यकर्ताले जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालय र सरकारी वकिलको कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
तोडफोडका क्रममा फोटो खिचेको भन्दै आन्दोलनकारीले एकजना पत्रकारलाई कुटपीट गर्नुका साथै क्यामरा समेत फुटाएको प्रहरीले जनाएको छ ।