मेसीलाई उछिन्दै तेस्रो पटक युरोपको उत्कृष्ट खेलाडी बने रोनाल्डो | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

काठमाडौं, ९ भदौ । रियल म्याड्रिड क्लबका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो युरोपको उत्कृष्ट खेलाडी बन्न सफल भएका छन्।रोनाल्डोसँगै बार्सिलोनाका चर्चित खेलाडी लियोनल मेसी, युभेन्सका जियान लुइजी बुफोन अन्तिम ३ मा परेका थिए।

 

तर, बुफोन र मेसीलाई पछि मात्रै रोनाल्डो उत्कृष्ट खेलाडी बन्न सफल भएका हुन्। गत सिजनमा सम्पन्न ला लिगा र च्याम्पिसन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा उनी सन् २०१६—१७ को युएफए उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन्।

 

मेस्सीले यो उपाधी २ पटक जितेका छन् भने रोनाल्डोले यो सँगै तेस्रो पटक उत्कृष्ट पुरुष खेलाडीको उपाधी पाएका हुन्। महिलातर्फ भने बार्सिलोनाकी लिके मार्टिसले उत्कृष्ट महिला खेलाडीको उपाधी पाएकी छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);