अनुगमनको नाममा सरकारले दुःख दिएको मासु व्यवसायीकाे गुनासो | ईमाउण्टेन समाचार

Our Network

असोज ३० २०८१, बुधवार

अनुगमनको नाममा सरकारले दुःख दिएको मासु व्यवसायीकाे गुनासो

काठमाडौं, १५ असोज । सरकारले अनुगमनको नाममा आफूहरुलाई दुःख दिएको मासु व्यवसायीहरुले गुनासो गरेका छन् । मासु व्यवसायमा आवद्ध नेपाल खड्गी सेवा समिति, पशु बधशाला व्यवसायी संघ, चौपाया खरिद विक्री सेवा संघलगायतका संस्थाहरुले सोमबार अन्तरक्रिया कार्यक्रम आयोजना गरी सरकारले बजार अनुगमनको नाममा दुःख दिएको गुनासो गरेका हुन् ।

त्यस क्रममा उनीहरुले नकारात्मक ढंगले प्रचार गरेर आफूहरुलाई दुःख दिने काम नगर्न पनि सरकारसँग अनुरोध गरेका छन् । नेपाल खड्गी सेवा समितिका संरक्षक मनोज नेवाः खड्गीले सरकारले चाडबाडका बेलामा आएर बजार अनुगमनको नाममा दुःख मात्रै दिने गरेको आरोप लगाए ।

त्यसैगरी चौपाया खरिद विक्री सेवा संघका महासचिव दिपक थापाले राज्यले गैर जिम्मेवार ढंगले बजार अनुगमनको नाममा आफूहरुलाई मारमा पारेको आरोप लगाए । खसी, बोका बढि वा घटी जे भएपनि राज्यद्धारा नै आफूहरुले सास्ती व्यहोर्नु परेको संघका महासचिव थापाको गुनासो छ ।

यता, पशु बधशाला व्यवसायी संघले पनि अनुगमन गरेर सरकारले दसैंजस्तो चाडपर्वका बेला पनि व्यवसायीहरुलाई सास्ती दिएको भन्दै चर्को आलोचना गरेको छ । संघका महासचिव कृष्णहरि भट्टले बजार अनुगमनमा आफूहरुलाई प्रतिनिधित्व नगराएको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् । मासुु व्यवसायीहरुले बधशालाहरुको उचित व्यवस्था गर्न पनि सरकारलाई दवाव दिँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);