देउवाले पानी पिएको गिलास स्वराजले लिन खोजेपछि ... | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

काठमाडौं, ९ भदौ । हैदराबाद हाउसको कन्फरेन्स रुममा पत्रकार सम्मेलनमा बोलिरहेका वेला देउवाको घाँटी बसेको थियो । पत्रकार सम्मेलनको सामुन्ने देउवा दायाँतिर र मोदी बायाँतिर उभिएका थिए । मोदीपछि बोलेका देउवालाई खोकी लाग्न थालेपछि सुष्मा उठिन्।

 

उनी मोदी र देउवा उभिएको स्थानतिर गइन् । दुवैजना रहेको बीचमा पानी र गिलास थियो। स्वराजले गिलास उठाइन्, मोदीले पानी राखे। बोलिरहेका देउवालाई ‘ए पानी लिजिए’ भन्दै दिइन्।

 

पानी पिएपछि देउवाको गिलास पनि स्वराजले लिन खोजिन्, तर बीचमै दूतावासका कर्मचारी सिर्जना अधिकारीले समाइन् । स्वराज आफ्नो सिटमा फर्किइन्। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);