तेजना पण्डित
काठमाडौं, १४ असोज । सरकारले ‘सक्षम बालिका : समृद्ध नेपाल’ नाराका साथमा दोश्रो बालिका सम्मेलन गरेको छ । सरकारले बालिका सम्मलेन गरिरहँदा स्वयं बालिकाहरु भने आफूरु असुरक्षित महशुस गरिरहेका छन् । उनीहरुले सुरक्षित वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् ।
नेपालको कूल जनसंख्याको ४१ प्रतिशत बालबालिका रहेका छन् । ती मध्ये ५१ प्रतिशत बालिका छन् । एक्काइसौ शताब्दीसम्म आइपुग्दा पनि नेपालमा बालिकालाई हेर्ने दृष्टिकोणमा परिर्वतन आउन सकेको छैन । आमाको गर्भ देिख नै बालिकाहरु असुरक्षित छन् । उनीहरुलाई भ्रुणमै लिंग पहिचान गरि गर्भपतन गराउने गरिन्छ ।
पछिल्लो समय बालिका बलात्कारमा पर्ने घटनाहरु पनि बढ्दै गइरहेको छ । यसको पछिल्लो उदाहरण निर्मला पन्तको बलात्कार पछि हत्या,पोखरामा १्र० बर्षीय बालिका श्रेया बिक बन्न पुगेका छन् । गत आर्थिक बर्षमा ६२ वटा बालबिबाहका घटना दर्ता भएको प्रहरीको तथ्याङ्क छ ।
बालिका माथि भएका हिंसाका घटनाहरु सुन्दा आफुहरु जुनसुकै ठाउँमा पनि असुरक्षित महशुस हुने गरेको सम्मलेलनमा सहभागी बालिकाहरुले बताएका छन् । आफुहरु निर्धक्क भएर हिडडुल गर्न सक्ने बाताबरण बनाउन उनीहरुले सरकारसंग आग्रह गरेका छन् ।
२० बर्ष नपुगि बालिका बिबाह गर्न नपाइने कानुनमा व्यवस्ता छ । तरपनि आफुहरुले प्रभाबकारी ढङ्गले बाल बिवाह जस्ता सामाजिक अपराधको कार्यलाई घटाउन नसकेको बैतडीबाट सम्मलेनमा भाग लिन आएका एक सहभागीको अनुभव छ ।
सरकारको एक्लो प्रयासले मात्र बालिका माथि हुने हिंसा रोक्न नसकिने भन्दै सरकारसँगै जनता सवै मिलेर बालिका माथि हुने विभिन्न प्रकारका हिंसाको अन्त्य गर्नुपर्नेे महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले बताईन् ।




