चाडपर्वमा गुणस्तरीय खाद्यान्न व्यवस्था गर्न संसदीय समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

चाडपर्वमा गुणस्तरीय खाद्यान्न व्यवस्था गर्न संसदीय समितिको निर्देशन

krishi samiti

काठमाडौं, १४ असोज । संसदीय समितिले दसैं, तिहार, छठ पर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आईतबार बसेको बैठकले दसैं, तिहार, छठ पर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्नको उचित व्यवस्था गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले दैनिक उपभोग्य बस्तुको कालाबजारी हुन नदिने गरी आवश्यक अनुगमनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ ।

समितिले निर्माण भएको एक बर्ष नबित्दै कालीगण्डकीनदीको तटबन्द भत्किनुको कारण समितिमा एक हप्ता भित्र पेश गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई पनि निर्देशन दिइएको छ । बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले मन्त्रालयको नीति, कार्यक्रम र बजेटबारे समितिलाई जानकारी गराएका थिए  ।

मन्त्री खनालले कृषकलाई मलको अभाव हुन नदिन आफू सचेत रहेपनि बजेटको अभाव रहेको समितिलाई जानकारी गराएका थिए  ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);