काठमाडौं, १३ असोज । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले मुुलुकको आर्थिक विकास र समृद्धिलाई पार्टी एजेण्डा नबनाउन प्रमुख प्रतिपक्षी दललाई आग्रह गरेका छन् ।
राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले मुलुकको विकास सबैका लागि भएकाले विकास र समृद्धिलाई दलिय एजेण्डा बनाउन नहुनेमा जोड दिए ।
राजनीतिक अस्थिरताका कारण मुलुक लामो समयसम्म अनिश्चितताको दुश्चक्रमा परेको भन्दै उनले मुलुकमा स्थिरता नचाहनेले सरकार विरुद्ध टिप्पणी गर्ने गरेको आरो लगाए । उनले भने “राजनीतिमा प्रतिष्पर्धा गरौ । आर्थिक विकासमा सहकार्य । मुलुकको आर्थिक विकास र समृद्धिलाई पार्टी एजेण्डा नबनाउँ ।”
कार्यवाहक प्रधानमन्त्री पोखरेलले संविधान अनुसार संघ, प्रदेश र स्थानीय सरकारका अधिकारलाई स्थापित गराउन आवश्यक कानुन बनाउन बांकि नै रहेकाले कामकारवाहीमा केही समस्या देखिनु स्वभाविक भएको टिप्पणी गरे ।