एजेन्सी, १३ असोज । भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशलाई ३ विकेटले हराउँदै भारतले एसिया कप उपाधि जितेको हो । २ सय २३ रनको लक्ष्य पछ्याएको भारतले ७ विकेटको क्षेतिमा आवश्यक रन जोडेको थियो ।
भारतका लागि कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् । टोलीका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । केदार जाधाव २३ र कुलदिप यादव ५ रनमा अविजित रहे ।
त्यस्तै दीनेश कात्र्तिकले ३७, महेन्द्र सिंह धोनीले ३६, रविन्द्र जडेजाले २३, भुवनेश्वर कुमार २१ रन जोडे । त्यस्तै शिखर धवनले १५ रन जोडे ।बंगालादेशका मुस्ताफिजुर रहमान, रुवेल हसनले समान २ तथा नाजमुल इस्लाम, मुर्सफे मुर्तजा र महमुदुल्लाले समान १ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले ओपनर लिटन दासको शतकको सहयोगमा ४८ ओभर ३ बलमा अल आउट हुदैँ मात्र २ सय २२ रन बनाउन सक्यो । भारतका लागि कुलदीप यादवले ३, केधार जाधव २ र युजवेन्द्र चाहल र जसप्रित बुमराहले समान १ विकेट लिएका थिए ।