महिलाहिंसा नियन्त्रणका लागि ठोस कमद चाल्न सत्तारुढदलका महिला नेतृहरुको गृहमन्त्रीलाई दवाब | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

महिलाहिंसा नियन्त्रणका लागि ठोस कमद चाल्न सत्तारुढदलका महिला नेतृहरुको गृहमन्त्रीलाई दवाब

ram bdr thapa

काठमाडौं, १२ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महिला नेतृहरुले महिला र बालबालिकामाथि बढ्दो अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई दवाव दिएका छन ।

शुक्रवार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महिला नेतृहरुले गृहमन्त्री रामबहादुर थापासँग सामूहिक भेट गरी महिला तथा बालबालिकामाथि हुने हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक कदम चाल्न माग गरेका हुन । पीडित पक्षलाई समेत लिएर गृह मन्त्रालय पुगेका उनीहरुले पीडितलाई न्याय दिन र पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गर्दै गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन ।

यता, गृहमन्त्री थापाले महिला र बालबालिकामाथि जघन्य अपराधका घटना हुन नदिन सरकार जिम्मेवार ढंगले लागि परेको दावी गर्नु भएको थियो । उहाँले बढ्दो महिला तथा बालिकामाथि हुने हत्या, बलात्कारलगायतका ९० प्रतिशत घटनाको छानवीन गरी दोषीलाई कार्वाही गरिएको र निर्मला पन्तलगायतका घटनाका दोषीलाई पनि छिट्टै कानुनी कठघरामा उभ्याउने आश्वासन पनि महिला नेतृहरुलाई दिएका थिए ।

मुलुकमा महिला र बालिकामाथि हत्या, बलात्कारलगायतका घटना बढदै गएपछि सत्तारुढ दलकै नेताहरुले त्यसलाई नियन्त्रण गर्न सरकारलाई दवाव दिन सुरु गरेका छन । उनीहरुले सो घटनाका सम्बन्धमा गृहमन्त्री थापा गम्भिर नभएको आरोप पनि लगाउँदै आएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);