ट्राफिकको अर्को नियमः जुत्ता नलगाए लाईसेन्स खारेज | ईमाउण्टेन समाचार

Our Network

माघ २२ २०८१, मंगलबार

ट्राफिकको अर्को नियमः जुत्ता नलगाए लाईसेन्स खारेज

jutta

काठमाडौं, ११ असोज । दुर्घटना हुँदै नहोस् सबैले यही चाहेका हुन्छन् । यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् ।
लाईसेन्समा कडाई, मापसे जाँच, ट्राफिक नियम पालना आदि ।

यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने । दुर्घटना हुन नदिन ईलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलार्य जुत्ता अनिवार्य गर्ने गरेको हो ।
दसै तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याईएको हो । चालकले जुत्ता लगाएर नलगाएर जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही हुन सक्ने प्रावधान छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);