राजश्वसम्बन्धी सरकारी तथ्याङ्क हेर्न मिल्ने वेबसाइट सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

राजश्वसम्बन्धी सरकारी तथ्याङ्क हेर्न मिल्ने वेबसाइट सार्वजनिक

notd online

काठमाडौं, ९ असोज । चार्टड एकाउण्टेण्टहरुको एक समुहले अनलाइनबाट निशुल्क राजश्वसम्बन्धी सरकारी तथ्याङ्क लिन मिल्ने वेबसाइट सार्वजनिक गरेका छन् ।

नेपाल ओपन ट्याक्सन डाटा नामदिइएको अनलाइन notd.online मा राजश्व सम्बन्धी सम्पूर्ण डाटा हेर्न सकिने चार्टड एकाउण्टेण्टहरुले बताएका छन् ।

राजश्वलाई प्राथमिकतामा राखिने वेबसाइटमा त्यसबाहेक व्यापार र व्यवसायसहितका आर्थिक क्षेत्रका सम्पूर्ण सरकारी तथ्याङ्कहरु एकै ठाँउबाट सेवाग्राहीले निशुल्क रुपमा हेर्न, डाउनलोड गर्न र पढ्न सक्ने जनाइएको छ । उक्त साइट संचालकले नेपालमा सरकारी तथ्याङ्क लिन हुने झन्झट अन्त्य हुने दाबी गरेको छ ।

त्यस्तै सरकारी तथ्याङ्कहरु प्रिन्टेट तथा पिडिएफ भर्सनमा समेत हुने तथा त्यस्ता तथ्याङ्क प्रयोग गर्न सेवाग्राहीलाई सहजै प्रयोग गर्न सक्ने गरी वेवसाइटमा उपलब्ध हुने जनाइएकोछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);