राष्ट्रिय जनता पार्टीले आसन्न सबै तहको निर्वाचनमा भाग लिने | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

कठमाडाैं, ८ भदौ । राष्ट्रिय जनता पार्टी, नेपालले आसन्न सबै तहको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । पार्टीको विहिबार सम्पन्न अध्यक्ष मण्डलको बैठकले आसन्न सबै तहको निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको हो ।

 

विहिबार पार्टीको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका नेता राजेन्द्र महतोले तेस्रो चरणको स्थानीय तहदेखि प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा जाने औपचारिक निर्णय गरिएको जानकारी दिए ।

 

पार्टीले आफ्नो सम्मान, स्वाभिमान र पहिचानको पक्षमा रहेका जनतालाई एकजुट भई समान अवसर, समान अधिकार र संवैधानिक हकलाई सुनिश्चित गर्न एकजुट हुन पनि अपिल गरेको छ ।

 

राष्ट्रिय जनता पार्टी, नेपालले स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवार चयन गर्न प्रदेश नम्बर २ का आठ वटै जिल्लामा प्रतिनिधि समेत तोकेको छ ।

 

संविधान संशोधन विधेयकलाई षडयन्त्रपूर्वक विफल गराएको तथा बाढि र डुबान पीडितलाई न्यायपूर्ण ढंगले राहत वितरण नगरेको विरोधमा शुक्रबारबाट १२ दिनसम्म विरोध प्रर्दशन गर्ने निर्णय पनि गरेको छ । नेता महतोले पुनर्निर्माण प्राधिकरण गठन गरी बाढि प्रभावित क्षेत्रमा पुनर्वासको व्यवस्था गर्न  सरकारसँग माग गरिएको बताए ।

 

बैठकले स्थानीय तह निर्वाचनको लागि घोषणा पत्र मस्यौदा समिति बनाउने निर्णय पनि गरेको छ । नेता महतोले स्थानीय तह तेस्रो चरणको निर्वाचनको उम्मेदवार चयन गर्ने निर्णय लिने अधिकार अध्यक्ष मण्डललाई दिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);