जनतालाई सुसूचित गर्ने क्रममा संचार जगत सँधै सजग र सचेत हुनुपर्ने : राष्ट्रपति विद्या देबि भण्डारी | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

जनतालाई सुसूचित गर्ने क्रममा संचार जगत सँधै सजग र सचेत हुनुपर्ने : राष्ट्रपति विद्या देबि भण्डारी

Presedent Bidya Devi Bhandari

काठमाडौं, ७ असोज । राष्ट्रपति विद्या भण्डारीले जनतालाई सुसूचित गर्ने क्रममा संचार जगत सँधै सजग र सचेत हुनुपर्ने बताएकी छन् ।

प्रेस काउन्सिल नेपालको ४९ औँ वार्षिक उत्सवको अवसरमा राष्ट्रपति भण्डारीले छिटो समाचार दिने होडबाजीमा गलत सूचना प्रवाह नहोस् भन्नेतर्फ पत्रकार सँधै होशियार बन्नुपर्ने बताए । कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सरकार रहेको बताए । मन्त्री बाँस्कोटाले संचार क्षेत्र संयमित र मर्यादित हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा राष्ट्रपति भण्डारीले प्रेस काउन्सिल गोपाल दास पत्रकारिता पुरस्कार युवराज घिमिरे, प्रेस काउन्सिल सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कार राज बहादुर गुरुङ, प्रेस काउन्सिल युवा शसक्तिकरण पुरस्कार पत्रकार चन्द्र बानियाँ लगायत १७ जनालाई विभिन्न विधागत पुरस्कार प्रदान गरेकी थिइन ।