दाताको खर्चमा पालैपालो कर्मचारीको विदेश भ्रमण | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

दाताको खर्चमा पालैपालो कर्मचारीको विदेश भ्रमण

bidesh yatra

काठमाडौं, ७ असोज । वन तथा वातावरण मन्त्रालयका कर्मचारी आफुअनुकुल दाताको खोजी गर्दै विदेश भ्रमणमा जाने गरेका छन् ।

उनीहरु सबै दातृ निकायको आर्थिक सहयोग विदेश गएका हुन् । दाताको खर्च विदेश घुम्नेमा सचिव, सहसचिव, उपसचिव, अधिकृतलगायत छन । काम थाती राखेर कर्मचारी पालैपाले विदेश जाने गरेका छन् । विदेश भ्रमणपछि दाताकै अनुकुल निर्णय गर्ने गरेको आरोप लाग्ने गरेको छ । मन्त्री शक्तिबहादुर बस्नेतलाई नटेरी दाताको खर्चमा कर्मचारी विदेश घुम्ने गरेका छन् ।

सचिव डा विश्वनाथ आली तीन महिनाको अवधिमा दुईपटक विदेश गइसकेका छन् । ओली १९ देखि २४ भदौसम्म युएनसिसिएसको आर्थिक सहयोगमा थाईल्यान्ड घुमेका थिए । साउनमा पनि दातृ निकायकै बजेटमा एक साताका लागि जर्मन गएका थिए । वन तथा भुसंरक्षण विभागका महानिर्देशक रामप्रसाद लम्साल एकै महिनामा दुईपटक विदेश भ्रमण गर्ने महानिर्देशकमा पर्छन ।

लम्सालले ३ देखि ५ भदौसम्म युएनको आर्थिक सहयोगमा सिरियाको भ्रमण गरेका थिए ।, भने १५ देखि २४ भदौसम्म थाईल्यान्डको भ्रमण गरेका थिए ।,आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);