न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जान्छु : गंगामाया | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जान्छु : गंगामाया

gangamaya adhikari

काठमाडौं, ६ असोज । वीर अस्पतालमा आमरण अनसनमा रहेकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अन्तराष्ट्रिय अदालत जाने बताएकी छिन् ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाही माग गर्दै वीर अस्पतालमा आमरण अनसन बस्दै आएकी गंगामायाले नेपाल सरकार र अदालतबाट न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि अन्तराष्ट्रिय अदालत जाने बताएकी हुन् ।

छोराको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै ३ वर्षअघि आमरण अनसनकै क्रममा ज्यान गुमाएका पति नन्दप्रसाद अधिकारीको चौंथो स्मृति दिवसमा बोल्दै उनले देशले आफूलाई न्याय नदिए पनि अन्तराष्ट्रिय अदालतले न्याय दिने विश्वास व्यक्त गरिन् ।

गंगामाया अधिकारीले आफ्नो छोरालाई माओवादीले र पतिलाई सरकारले मारेको उल्लेख गर्दै ठूला अपराधिलाई अन्तराष्ट्रिय अदालतले समात्ने विश्वास पनि व्यक्त गरिन् । उनले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई किन प्रक्राउ गर्न नसकेको भनि सरकारलाई प्रश्नसमेत गरिन् ।

छोराको हत्याको आरोप लागेका छविराज पौडेललाई अदालतले रिहा गर्ने आदेश दिएपछि गंगामायाले नेपालबाट आफूले न्याय पाउने आशा मरेको उल्लेख बताइन् ।
०००

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);