आर्थिक अभावक कारण वादी बालबालिका विद्यालय जाँदैनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आर्थिक अभावक कारण वादी बालबालिका विद्यालय जाँदैनन्

badi balbalika

दार्चुला, ६ असोज । नदी किनारमा बालुवा छान्दै गर्दा भेटिन्छन्, दार्चुला शैल्यशिखर नगरपालिका–९ का ११ वर्षीय नमराज राना । उनी मुस्किलले कक्षा २ मा पुगेका छन् । निरन्तर कक्षा एकमा अनुत्र्तीण हुँदै आएका रानालाई गत वर्ष कक्षा स्तरोन्नति गरिएको हो । विद्यालय गएर किताब पढ्नुभन्दा पनि घरको कामले उनलाई बढी प्रेरित गरेको छ ।

उनी अहिले पनि नियमित विद्यालय जाँदैनन् । ‘विद्यालय गयो भने मेरो घरमा बिहान र बेलुकी खान पुग्दैन,’ उनले भने, ‘घरमा इजा (आमा) मात्रै छन् । अहिले विद्यालय जान मन लाग्दैन । काममै ठीक छु ।’

नेपालको संविधानले सबैलाई निःशुल्क आधारभूत र अनिवार्य शिक्षाको व्यवस्था गरेको छ । शिक्षा, स्वास्थ्य र पोषण पाउनु सबै बालबालिकाको मौलिक हक एवं नैसर्गिक अधिकार हो ।

सरकारले पछिल्लो समय ‘हामी सबैको इच्छा, अनिवार्य र आधारभूत निःशुल्क शिक्षा’ मूल नारा एवं ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व पहुँचको सुनिश्चितता सिकाइको स्थायित्व’ नाराका साथ विद्यार्थी भर्ना विशेष अभियान देशव्यापी रूपमा सञ्चालन गरेको छ । तर, वादी समुदायका अधिकांश बालबालिका निःशुल्क आधारभूत शिक्षाको पहुँचमा छैनन् ।

वादी समुदायका बालबालिका भर्ना भए पनि निरन्तर विद्यालय जान सक्दैनन् । वादी बस्ती गोकुलेश्वर मावि, क्याम्पसलगायत आधा दर्जन विद्यालयको छेउमै पर्छ । तर, यहाँका बालबालिका विद्यालय होइन, चमेलिया नदी किनार र सडक पेटीमा भौतारिरहेका हुन्छन् ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);