काठमाडौं, ५ असोज । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् ।
संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर हुन नदिन दलहरुबीच निरन्तर छलफलको आवश्यक्ता रहेको बताए ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकलाई सही बाटोमा अघि बढाउन राजनीतिक दलहरुबीच व्यापक अन्तरसंवाद हुनुपर्नेमा उनको जोड थियो ।
उपप्रधानमन्त्री यादवले मुलुकमा विद्यमान विकृति अन्त्य नगरे मुलुक अनिश्चयको भूमरी फस्ने बताए । उनले संघीयतालाई असफल बनाउने प्रयास भईरहेको भन्दै चिन्ता व्यक्त गरे ।