प्रदेश २ मा द्वन्द्व पीडितका १ हजार १ सय उजुरी | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

प्रदेश २ मा द्वन्द्व पीडितका १ हजार १ सय उजुरी

जनकपुरधाम, ५ असोज । दुई नम्बर प्रदेशमा द्वन्द्व पीडितको एक हजार १ सय वटा उजुरी परेको तथ्यांक सार्वजनिक भएको छ ।

विश्व शान्ती दिवसको अवसरमा शुक्रवार जनकपुरधाममा आयोजित कार्यक्रममा ८ जिल्लाका १ हजार १ सय उजुरी दर्ता भएको जानकारी दिईएको हो । कार्यक्रममा द्वन्द्वकालमा मृत्यु भएका केहीलाई सरकारले सहिद घोषणा गरेपनि अन्यलाई प्रमाणपत्र समेत नदिएको द्वन्द्व पीडित फुलकुमारी महतोले बताइन् ।

कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा सरोकार निकायका प्रतिनिधीहरु सहभागी थिए । उनीहरुले द्वन्द्वका पीडितहरुलाई न्याय दिने विषयमा आफुहरु सकारात्मक भएपनि व्यवहारीक र प्राविधिक समस्या रहेको धारणा राखेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);