यस्तो छ निर्मला पन्तको पोस्टमार्टम रिपोर्ट, सैनिकमाथि पनि अनुसन्धान | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८१, मंगलबार

यस्तो छ निर्मला पन्तको पोस्टमार्टम रिपोर्ट, सैनिकमाथि पनि अनुसन्धान

nirmala panta

कञ्चनपुर, ५ असोज । दुई महिना हुन लाग्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बालत्कारपछि हत्या घटनाको अनुसन्धान शुन्यमै छ ।

अनुसन्धान लाम्बिँदै जाँदा घटना झन् रहस्यमय बन्दै गएको छ । प्रहरीले सुरुवाती अनुसन्धानमा लापबाही गर्दा कतिपय प्रमाण नष्ट भएका छन् । जसकारण अनुसन्धान डिएनए र पोस्टमार्टमा रिपोर्टमा भर पर्नुपरेको छ । निर्मलाको पोस्टमार्टमा रिपोर्टमा बलात्कारपछि नै हत्या गरिएको उल्लेख छ ।

सेती अञ्चल अस्पतालमा भएको पोस्टमार्टममा मृत्युको कारण घाँटी अठ्याएर भन्ने उल्लेख छ । बालत्कारपछि आफ्नो पहिचना खुल्ने डरले बलात्कारीले घाँटी अठ्याएर हत्या गरेको हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

पोस्टमार्टमा रिपोर्टमा शरीरका अन्य भागमा चोटपटक देखिन्न । रिपोर्ट अनुसार १० साउनमा साँझ करिब ५ बजेतिर उनको हत्या भएको देखिन्छ ।, त्यस्तै, घटनास्थलबाट नजिकै सेनाको २५ नम्बर बाहिनीमा रहेका सैनिकमाथि समेत प्राविधिक रुपमा अनुसन्धान केन्द्रित गरिएको छ । तर, पचात्रार भने भइनसकेको प्रहरी स्रोत बताउँछन् । आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);