काठमाडौंमा फर्निचर तथा फर्निसिङ मेला सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

काठमाडौंमा फर्निचर तथा फर्निसिङ मेला सुरु

furniture mela

काठमाडौं, ४ असोज । काठमाडौंको भृकुटीमण्डपमा ‘फर्निचर तथा फर्निसिङ मेला’ सुरु भएको छ । फर्निचरसम्बन्धि सबै खालका सामग्रीबारे जानकारी दिने उद्देश्यले बिहीबारबाट काठमाडौंमा फर्निचर तथा फर्निसिङ मेला सुरु भएको हो ।

५ दिनसम्म चल्ने मेलामा बिभिन्न स्टल रहेकाले अवलोकन कर्ताले यसबाट फाइदा लिने नेपाल फर्निचर तथा फर्निसिङ संघका महासचिव ओम बस्नेतले बताए ।

मेलामा अवलोकनकर्ताहरुलाई लक्की ड्र मार्फत् आकर्षक उपहार दिने व्यवस्था पनि गरिएको छ । मेलामा चीन, मलेसिया, पाकिस्तान लगायतका देशहरुले पनि स्टल राखेका छन् । त्यसैगरी कार्पेट, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोरलगायतका सम्पूर्ण सामग्री पनि पाउने व्यवस्था गरिएको संघले जनाएको छ ।

नेपालमा फर्निचर तथा फर्निसिङका उत्पादनहरुलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ विगत ६ वर्षयता सो मेला आयोजना हुँदै आएको छ ।