माइतीघर मण्डलामा नयाँ झण्डा फहराइयो | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

माइतीघर मण्डलामा नयाँ झण्डा फहराइयो

काठमाडौं, ३ असोज । प्रमुख राजनैतिक दलका युवा संगठनहरुले माइतीघर मण्डलामा नेपालको झण्डा राखेका छन् । युवा संगठनहरुले संविधान दिवशको अवसर परेर नेपालको राष्ट्रिय झन्डा राखेका हुन् ।

नेकपाका युवा संघ र वाईसीएल, नेपाली कांग्रेसको तरुणदल र नेपाल देशभक्त युवा समाजको संयुक्त पहलमा माइतीघरमा रहेको पुरानो झन्डा फेर्दै झन्डा फहराउने नयाँ संरचनामा झण्डोत्तलन पनि भएको छ ।

१ सय फिट लामो स्टीलको पोल गाडी झन्डै ३० फीट लामो झन्डा फहराइएको छ । यस अघि पनि नेपाल देशभक्त युवा समाजले २०७३ माघ १६ गते शहिद दिवशको अवसर परेर १० मिटर अग्लो र साढे ७ मिटर चौडाईको नेपाली झण्डा राखेको थियो ।

तत्कालिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्र कवि माधव प्रसाद घिमिरेले संयुक्त रुपमा झण्डोत्तलन गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);