जसपाको झन्डा र लोगो परिवर्तन | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८१, बिहीबार

जसपाको झन्डा र लोगो परिवर्तन

काठमाडौँ,५ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झन्डा र लोगो परिवर्तन गरेको छ । भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनका सहभागी प्रतिनिधिहरूको झन्डा फेर्नुपर्ने मागलाई मध्यनजर गर्दै झण्डा र लोगो परिवर्तन गरेको हो ।

पार्टीको विधान प्रमाणीकरण समितिले झन्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको स्रोतले जनाएको छ ।

विधान अधिवेशनमा सबैजसो समूहले पार्टीको झन्डा फेर्नुपर्ने माग राखेका थिए । यस अघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङ्गको पृष्ठभूमिमा सेतो ताराको सट्टामा अहिले रातो पृष्ठभूमिमा सेतो तारा राखिएको छ ।

त्यस्तै यस अघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);