भारतबाट भित्रिन्छन् ६ अर्बका खसीबोका | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०८१, आइतबार

भारतबाट भित्रिन्छन् ६ अर्बका खसीबोका

khasi boka

काठमाडौं, ३ असोज । विडम्बना नेपाल कृषि प्रदान देश भएपनि खसी बोकामा मात्र वर्षमा करिब छ अर्व रुपैँया बाहिरीने गरेको छ ।
नेपालमा प्रयाप्त रुपमा खसीबोका उत्पादन नहुँदा नेपाली पैसा यसरी वर्षेनी बाहिरीदै गएको छ । नेपाली व्यवसायहरुले भारतबाट हप्तामा मात्र साढे आठ करोड मुल्य बराबरको खसीबोका आयात गर्दै आएका छन् ।

नेपालमा ढुवानीको राम्रो व्यवस्था र संकलन केन्द्र नहुँदा वर्षेनी अरबै रुपैया बाहीरी नगरेको काठमाडौं चौपाय खरीद विक्री प्राली अध्यक्ष जनक कुमार खण्डकाले बताए । खण्डका अनुसार नेपाली व्यापारीहरुले भारतबाट आइतबार र विहीबार खसीबोका आयात गर्ने गरेको छन् । दसैं बाहेक हप्ताको दुई दिन मात्र २३ ट्रक आयात गर्ने गरेको उनले बताए ।

यस्तै एक ट्रकमा २ सय ५० खसीबोका हुने उनले बताए । भारतबाट नेपालमा २३ ट्रकका दरले नेपालमा वर्षमा २ लाख ९९ हजार खसीबोका आयात हुने गर्दछन् । भारतबाट नेपाली बजारमा आइपुग्दा एउटा खसीको ज्याला ३ सय रुपैँया पर्न जाने उनले बताए । उक्त खसीको हिसाब गर्दा वर्षमा ४ अर्व ९३ करोड ३५ लाख रुपैँयाको खसी बोका आयात हुने गरेको छ । उक्त खसी बोका आयात गर्नलाई नेपाल व्यापारीहरुले वर्षमा करिब ८ करोड ९७ लाख ज्याला तिर्नु पर्ने देखिन्छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);