काठमाडौं, २ असोज । एसिया कप क्रिकेटमा आज (मंगलबार) हङकङले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ ५ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ ।
आजको खेलमा हङकङलाई भारतले पराजित गरे एक खेल खेल्नु अघि नै भारत सेमिफाइनलमा प्रवेश गर्ने छ । भारतलाई पराजित गर्न सकेमा हङकङको पनि सेमिफाइनल पुग्ने सम्भावना जिवितै रहनेछ ।
हङकङले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ८ विकेटको हार ब्यहोरेको थियो । यता, भारतको भने युएईमा जारी एसिया कपमा यो पहिलो खेल हो ।
टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ३७.१ ओभरमा सबै विकेटको क्षतिमा ११६ रन मात्रै बनाएको थियो । तुलनात्मक रुपमा हङकङले पाकिस्तानविरुद्ध फितलो ब्याटिङ गरेको थियो । त्यही गल्तीलाई सच्याउँदै भारतविरुद्ध राम्रो ब्याटिङ गर्ने लक्ष्यमा हङकङ रहेको छ ।