उत्तरकोरिया अमेरिकापछि चीनसंग सम्बन्ध बिस्तार गर्ने प्रयासमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २४ २०८१, सोमबार

उत्तरकोरिया अमेरिकापछि चीनसंग सम्बन्ध बिस्तार गर्ने प्रयासमा

Xi Jingping,Kim Jong Un

एजेन्सी, १ असोज । अमेरिकासँग सम्बन्ध सुधार गरेको उत्तरकोरियाले अब चीनसँग आफ्नो सम्बन्ध विस्तार र सुधार गर्न खोजेको छ । उत्तरकोरियाका साथसाथै किमजोङ ऊनले चीनसँग उत्तरकोरियाको सम्बन्ध बलियो बनाउने इच्छा व्यक्त गरेका छन् ।

उत्तरकोरियाले अमेरिकासँगको सम्बन्ध सुधार भएपछि अब चीनसँग राम्रो र बलियो सम्बन्ध बनाउन चाहेको छ । उत्तरकोरियाली शासक किमजोङ ऊनले चीन र उत्तरकोरिया बीचको सम्बन्ध अझ प्रगाढ भए त्यसबाट दुबै देश लाभान्वित हुने कुरा बताए ।

किमले दुबै देशबीच नयाँ युग अनुसार सम्बन्ध सुधारमा जोड दिएका छन् । यो बर्ष ३ पटक चीनको भ्रमण गरेका किमको व्यवहारबाट चीनका राष्ट्रपति सि जिन पिङ पनि प्रभावित भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

कोरियाली प्रायद्धिपमा द्धिपक्षिय सम्बन्ध र प्रमाणु निशस्त्रीकरणका लागि पहल भैरहँदा चीनले शान्ति र स्थिरताका लागि हरसम्भब सहयोग गर्ने उत्तरकोरियाका अधिकारीहरुको भनाई छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाका शासक किमजोङ ऊनबीच सिङगापुरमा बार्ता भए पश्चात यसपाली उत्तरकोरियाको ७० औं स्थापना दिवसको अवसरमा लामो दुरी सम्म मार हान्ने मिसाइल प्रर्दशन गरिएन ।

साथै उक्त समारोहमा चीनका राष्ट्रपतिले आफ्नो विशेष दुत लि झांशु पठाएपछि उत्तरकोरियाले चीनका राष्ट्रपतिप्रति आभार व्यक्त गरेको छ ।

अघिल्लो साता उत्तरकोरियाले मनाएको ७० आँै स्थापना दिवस पछि अब उत्तरकोरिया परमाणु निशस्त्रीकरण तर्फ अघि बढेको कुरा अन्तर्राष्ट्रिय मञ्चमा चर्चा चलेको छ । उता चीनका राष्ट्रपति सि जिङ पिङले दुवै देशबीच सम्बन्ध विकसित गर्न खोजेको कुरा चीनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । चीनका विशेष दुत लि झांसुले उत्तरकोरियाको भ्रमण पछि चीन र उत्तरकोरियाबीच सम्बन्ध प्रगाढ बन्दै गएको पुष्टि गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);