प्रतिनिधिसभाको शुन्य समयमा बाेल्दै कुन सांसदले के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

प्रतिनिधिसभाको शुन्य समयमा बाेल्दै कुन सांसदले के भने ?

काठमाडौं, १ असोज । प्रतिनिधिसभाका सांसदहरुले बाढि, पहिरोले क्षति पु-याएका सडक पुनर्निर्माणको काम तत्काल गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा शुन्य समयमा बोल्दै सांसद यज्ञराज सुनुवारले बाढी, पहिरोले क्षति पु¥याएका सडक पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारसँग माग गरे । दसैं, तिहार जस्ता चाड पर्व आईसकेकाले सडक पुनर्निर्माणको काममा ढिलाई गर्न नहुने सांसद सुनुवारको भनाई छ ।

त्यसैगरी सांसदहरुले समयमै गुणस्तरीय काम नगर्ने ठेकेदारलाई कडा कार्वाही गर्न पनि सरकारसँग माग गरेका छन् । सांसद विमला विश्वकर्माले भौतिक पूर्वाधार निर्माणको जिम्मा लिने ठेकेदारले समयमा गुणस्तरीय काम नगर्दा पनि सरकारले कार्वाही गर्न नसकेको भन्दै आपत्ति जनाए ।

उनले गुणस्तरहिन काम गर्ने ठेकेदारहरुलाई कहिले कार्वाही हुन्छ भनि सरकारसँग प्रश्न गरे । अर्का सांसद भूपेन्द्रबहादुर थापाले कालीगण्डकी नदिमा आएको बाढिका कारण बेनी बजार जोखिममा परेको भन्दै सो बजारको सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले बजार सुरक्षाका लागि निर्माण गरिएको कंक्रिट वाल एक वर्ष पनि नवित्दै भत्किएको भन्दै सो वाल निर्माण गर्ने ठेकेदारलाई आवश्यक कार्वाही गर्न पनि सरकारसँग माग गरे ।

सांसद महेश्वरजंग गहतराज ‘अथक’ले स्थानीय पूर्वाधार विकास कार्यक्रमको कार्यविधि तथा निर्देशिका तत्काल ल्याउन सरकारको ध्यानाकर्षण गराए । सरकारले नीति तथा कार्यक्रम ल्याएको चार महिना बित्दा पनि स्थानीय पूर्वाधार विकास कार्यक्रमको कार्यविधि ल्याउन नसकेकोमा उनको आपत्ति छ ।

सांसद मिनबहादुर विश्वकर्माले सवारी लाईसेन्स लिएका सवारी चालकलाई पनि ट्राफिक प्रहरीले दुःख दिएको भन्दै कार्वाही गर्न सरकारसँग माग गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);