काठमाडौ, १ असोज । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर प्रशासनका कर्मचारीलाई निष्ठापूर्वक काम गर्न निर्देशन दिएका छन् ।
अर्थमन्त्री खतिवडाले कर असुलीमा कसैले औंला ठड्याउन नपर्ने गरी काम गर्न कर प्रशासनका कर्मचारीहरुलाई सचेत गराएका हुन् । सोमबार काठमाडौमा मध्यम स्तरीय करदाता कार्यालयको उद्घाटन कार्यक्रममा उनले कर दातालाई कर तिर्न जाउँजाउँ लाग्ने वातावरण बनाउन पनि करदाता कार्यालयहरुलाई आग्रह गरे ।
अर्थमन्त्री खतिवडाले कर प्रणालीलाई लगानीमैत्री बनाएर करको दायरा बढाउन सरकार सजग र सचेत रहेको उल्लेख गरे । अर्थमन्त्री खतिवडाले सबै व्यवसायिक संघ, संस्थाहरुलाई करको दायरामा ल्याउन कर कार्यालयहरुको स्थापनामा सरकारले जोड दिएको बताए । मन्त्रीपरिषदको गत असार २० गतेको निर्णय अनुसार सरकारले मध्यम स्तरीय करदाता कार्यालय स्थापना गर्न सुरु गरेको हो । २५ देखि ८० करोडसम्म कारोबार गर्ने व्यवसायीहरुको कर असुली गर्ने अधिकार मध्यमस्तरीय करदाता कार्यालयलाई दिइएको छ ।