राजपाले कांग्रेस र माओवादी केन्द्रसँग तालमेल गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौं, ८ भदौ । राजपाले स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रसँग तालमेल गर्ने रणनीति बनाएको छ। पदाधिकारी बैठकले संघीय समाजवादी फोरम र एमालेलाई हराउने रणनीतिमा लागेको नेता केशव झाको भनाइ छ।

 

राजपाले स्थानीय निर्वाचनमा बलियो जनाधार भएका नेतालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । निर्वाचन चिह्न, उम्मेद्वार छनोटको विधिबारे छलफल गर्न बसेको पदाधिकारी बैठकले जिल्ला संयोजकले जिल्लाका अध्यक्ष, सांसद, संसदीय निर्वाचनमा उम्मेद्वार भएकाहरुसँग छलफल गरेर उम्मेद्वार तोक्ने निर्णय गरेको हो।

 

निर्वाचन चिह्न कुन प्रयोग गर्ने भन्नेमा छलफल जारी छ। पार्टीले दाबी गरेको छाता चिह्न नपाउने भएपछि पुराना ६ दलका निर्वाचन चिह्नमध्ये एउटा लिने गरी छलफल भइरहेको राजपाले जनाएको छ।

 

तत्कालीन तमलोपाको गोरु, संघीय सद्भावना पार्टीको पन्जा छाप हातको पक्षमा राजपाभित्र विवाद देखिएपछि साइकल र तीरको पक्षधरले दाबी गरेका छन्। आजको नयाँ पत्रिकामा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);