नेविसंघको प्रदर्शनमा प्रहरी हस्तक्षेप | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

नेविसंघको प्रदर्शनमा प्रहरी हस्तक्षेप

nebisangh pradarshan

कञ्चनपुर, २९ भदौ । नेविसंघ कञ्चनपुरले निर्मला हत्याकाण्डका दोषीलाई सार्वजनिक गर्न माग राख्दै आज निकालेको जुलुमा प्रहरीले हस्तक्षेप गरेको छ । नेविसंघले जिल्लाका सरकारी कार्यालय वन्द गराउने शिलसिलामा प्रहरीको लाठ्ठीचार्जबाट ४ जना विधार्थी घाईते भएका हुन् ।

घाईते विधार्थीको अहिले महाकाली अञ्चल अस्पतालमा, उपचार भईरहेको नेविसंघ, कञ्चनपुरले जनाएको छ । नेविसंघका बिद्यार्थीले सरकारी कार्यालय बन्द गराउँदै जाँदा जिल्ला प्रशासन कार्यालयको मुलगेटमा पुगेपछि प्रहरी संग झडप भएको थियो ।

आफुहरुको शान्तिपुर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले विरोधका कार्यक्रमलाई निरन्तरा दिने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);