डडेल्धुरा, २७ भदौ । डडेल्धुरास्थीत अमरगढी नगरपालिकाले शिक्षक सेवा आयोग तयारी गरीरहेकाहरुका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ । नगरपालिकाले निःशुल्क २ महिना लोक सेवा कक्षा संचालन गरेको हो ।
दुर्गम क्षेत्रका युवाहरुलाई लोकसेवा क्षेत्रमा अब्बल बनाउन तयारी कक्षा संचालन गरिएको अमरगढी नगरपाकिलाले जनाएको छ । तालिममा ४४ जना महिला, ८ जना पुरुष गरि ५२ जना सहभागि छन् ।
लोक सेवा तयारी कक्षाका लागि काठमाडौँ, धनगढी, नेपालगञ्ज जानु पर्ने यहाँका युवाहरुको बाध्यता रहेकोमा नगरपालिकाले संचालन गरेको निशुल्क् तालिमले टेवा पुग्ने विश्वास गरिएको छ ।