राष्ट्रियसभामा 'बिमस्टेक महासन्धि' अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

राष्ट्रियसभामा ‘बिमस्टेक महासन्धि’ अनुमोदन

samsadh parlyament

काठमाडौं, २६ भदौ । राष्ट्रिय सभाको मंगलबार बसेको बैठकले ‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागू औषध कारोबार विरुद्ध सहयोग सम्बन्धी विमस्टेक महासन्धि’लाई अनुमोदन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले महासन्धिलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेपछि बैठकको सर्वसम्मतीले महासन्धिलाई अनुमोदन गरेको हो ।

बैठकले ‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ पनि सर्वसम्मतीले पारित गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरि मन्त्री थममाया थापाले बैठकमा प्रस्तुत गरेकी थिइन् ।

त्यस्तै राष्ट्रिय सभाको मंगलबारकै बैठकले ‘जैविक विविधता महासन्धि अन्तर्गत जारी भएको आनुवंशिक स्रोतहरुमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँड सम्बन्धी नागोया अभिसन्धि सम्मिलन गर्ने सम्बन्धी प्रस्ताव’लाई पनि सर्वसम्मतीले स्वीकृत गरेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्यस सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसैगरी, राष्ट्रिय सभाको बैठकले ‘अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई समेत सर्वसम्मतीले स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीले त्यससम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ्गले ‘अपराध पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन’ समेत पेश गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);