पुनको हत्यारालाई तत्काल पक्राउ गरी कार्वाही गर्न तरुण दलकाे माग | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

पुनको हत्यारालाई तत्काल पक्राउ गरी कार्वाही गर्न तरुण दलकाे माग

काठमाडौं, २६ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले रुकुमका आफ्ना कार्यकर्ता रोहित पुनको हत्यारालाई तत्काल पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरेको छ ।

नेपाल तरुण दल, जिल्ला कार्य समिति, काठमाडौंले रुकुमस्थित लिवाङ नगर समितिका अध्यक्ष समेत रहेका आफ्ना कार्यकर्ता पुनको हत्यारालाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गर्दै मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई बुझाइएको ज्ञापन पत्रमा हत्यारालाई तत्काल पक्राउ गरी कार्वाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइएको छ ।

ज्ञापन पत्र बुझाउनु अघि घटनाको निन्दा गर्दै तरण दलका नेता, कार्यकर्ताले बबरमहलस्थित काठमाडौ जिल्ला प्रशासन कार्यालय अघि केहीबेर विरोध प्रर्दशन गरेका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै समितिका अध्यक्ष कृष्णजी खड्काले न्यायिक छानवीन आयोग गठन गरी अनुसन्धान गरेर पुनको हत्यारालाई कडा कार्वाही गर्न सरकारसँग माग गरे । उनले पुनलाई सहिद घोषणा गर्न पनि सरकारसँग माग गरे ।

रुकुमस्थित लिवाङ नगर समितिका अध्यक्ष पुनलाई गत आईतबार गोली हानि हत्या गरिएको थियो । सो हत्याको विरोधमा नेपाल तरण दल, काठमाडौं जिल्ला कार्य समितिले पनि प्रदर्शन गरेको हो । प्रदर्शनमा हत्यारालाई तत्काल पक्राउ गरी कडा कार्वाही नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);