राष्ट्रिय सभाबाटै पीडित हुनुपरेको सांसदको गुनासो | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

राष्ट्रिय सभाबाटै पीडित हुनुपरेको सांसदको गुनासो

sadan

काठमाडौं, २६ भदौ । सत्तारुढ संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले आफू राष्ट्रिय सभाबाटै पीडित भएको गुनासो गरेकी छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद कुमारीले राष्ट्रिय सभाका अन्य सांसदहरुले मन्त्रीपरिषदबाट निर्णय गराएर बिभिन्न सुविधा लिएपछि आफूले नपाएको गुनासो गरिन् ।

संघीय समाजवादी फोरम, नेपालको राष्ट्रियसभामा आफू दलको नेता भएपनि राष्ट्रिय सभाले आफूलाई पाउने सुविधाबाट बञ्चित गराएको सांसद कुमारीको दावी छ ।

सांसद कुमारीले मधेशी भएकै कारण आफूलाई पाउने सुविधाबाट बञ्चित गराएको हुन सक्ने आशंका व्यक्त गरिन् । उनले सरकारले मधेशलाई हेप्ने काम गरिरहेको भन्दै आक्रोश पनि व्यक्त गरिन् ।

सांसद कुमारीले संविधान संशोधन गर्ने प्रतिवद्धता पूरा नगरेको भन्दै प्रधानमन्त्री केपी ओलीको पनि आलोचना गरिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);