रुसद्धारा शीतयुद्धपछि कै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

रुसद्धारा शीतयुद्धपछि कै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु

police

एजेन्सी, २६ भदौ । रुसले शीतयुद्धपछि कै सबैभन्दा ठूलो सैन्य अभ्यास सुरु गरेको छ ।  पूर्वी सर्वियामा भैरहेको सैन्य अभ्यासमा करिब ३ लाख सैनिक सहभागि छन् ।

सेप्टम्बर १७ सम्म चल्ने अभ्यासमा भाग लिने सेनाको यो संख्या दोस्रो विश्वमा परिचालित सेनाको संख्याको हाराहारीको मानिएको छ । यसमा ३६ हजार ट्यांक, एक हजारभन्दा बढी विमान, बख्तरबन्द गाडीलगायत प्रयोग गरिने रुसी रक्षा मन्त्रालयले जनाएको छ । भोस्टोक–२०१८ नाम दिइएको अभ्यास सेनाको पाँच वटा अभ्यासस्थलमा फैलिएको छ भने चार वटा एअर वेशको उपयोग गरिने छ ।

चीनले बख्तरबन्द गाडी र विमानसहित आफ्ना ३२ सय सेना पठाएको छ भने मंगोलियाले पनि केही सैनिक पठाउँदैछ । रुसले शीत युद्धको समयमा पनि यस्तै सैन्य अभ्यास गरेको थियो तर अहिलेको अभ्यासमा सहभागी सेनाको संख्या भने बढी छ । उत्तर एटलान्टिक सैन्य संगठन नेटोसँग तनाव चुलिरहेका बेला रुसले यो सैन्य अभ्यास गरेको हो ।

सन् २०१४ मा युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफुमा विलय गराएपछि अमेरिका हावी रहेको २९ सदस्यीय नेटोसंगको रुसको सम्बन्ध बिग्रिएको छ । क्रेमलिनका प्रवक्ताले सैन्य अभ्यासलाई रुसमाथिको आक्रामक र अमित्रतापूर्ण व्यवहारविरुद्धको उचित जवाफ भएको जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);