निर्मला हत्या प्रकरणः झन रहस्यमय र सशंकित बन्दै ! | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

निर्मला हत्या प्रकरणः झन रहस्यमय र सशंकित बन्दै !

niru

काठमाडौं, २६ भदौ । निर्मला पन्तको हत्याकाण्डमा उच्चस्तरीय छानविन समितिका एक जना सदस्यले रहस्यमय कुरा गर्दै दिएको राजीनामा पछि घटना पनि रहस्यमय बनेको छ ।

काठमाडौंमा रहेका प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन् मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले सोमबार पत्रकार सम्मेलन गरेरै उच्चस्तरीय छानविन समितिबाट राजीनामा दिएपछि घटना रहस्यमय बनेको हो । पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरेका उनले आफुलाई निर्मलाको परिवारले न्याय नपाउने लागकोले नैतिक रुपमा समितिमा बसिरहन नसकेको बताए ।

उनले भने, मेरो उच्चस्तरीय छानविन समितिसँग कुनै असहमति होईन तर मैले निर्मला हत्याकाण्डमा खर्चेका दैनिक २० घण्टाका दरले १५ दिनमा आफुलाई उनको परिवारले न्याय नपाउने लाग्यो ।  तर, उनले अनुसन्धानमा रहेको त्रुटि, अपराधीको ठुलो सञ्जाल वा राजनीतिक पहुँचबारे बताउन चाहेनन् । मेरो एकल प्रयासले उनको परिवारले न्याय पाउँदैनन् । भन्ने लागेरै राजीनामा दिएको हुँ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);