नेपालको हुलाक प्रशासन सुधारका लागि प्राविधिक सहयोग | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८१, बुधवार

नेपालको हुलाक प्रशासन सुधारका लागि प्राविधिक सहयोग

gokul baskota

काठमाडौं, २३ भदौ । विश्व हुलाक संघले नेपालको हुलाक प्रशासन सुधारका लागि प्राविधिक सहयोग गर्ने भएको छ । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विश्व हुलाक संघसँग नेपालको हुलाक प्रशासन सुधार गर्न प्राविधिक सहयोग गर्ने समझदारी गरिएको जानकारी दिए ।

अफ्रिकी मुलुक इथियोपियामा आयोजित विश्व हुलाक संघको दोस्रो कंग्रेसमा सहभागी भई शनिबार स्वदेश फर्किएका मन्त्री बास्कोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ नेपालको हुलाक क्षेत्र सुधारमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन संघको दोस्रो कंँग्रेस फलदायी रहेको बताए ।

उनले कँग्रेसमा जापानको संचार मन्त्रालयले पनि नेपालको हुलाक सुधारमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए ।

इथियोपियाको आदिस अबाबामा आयोजित संघको ५ दिने कँग्रेसले हुलाक क्षेत्रलाई प्रविधि मैत्री बनाउँदै लैजाने प्रतिवद्धता पनि जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);