oliकाठमाडौं, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्ष भित्र गरिवी अन्त्य गर्ने घोषणा पनि गर्नु भयो । शनिबार ओली वंश अक्षय कोषले आफ्नै सरकारी निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले गरिवी अन्त्यका लागि विकास निर्माणको कामलाई तीव्र रुपमा अघि बढाइएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले विकास निर्माणको काममा भ्रष्टाचार गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी समेत दिए । उनले केही स्वार्थी तत्वहरुले आफ्नो स्वार्थसिद्धीका लागि सरकारको विरोध गरिरहेको आरोप लगाए ।
प्रधानमन्त्री ओलीले सुशासन र विकासको बाटोबाट मुलुकलाई समृद्ध बनाउन लागिएको स्पष्ट पारे । उनले मुलुकको समृद्धिका लागि पूर्वजहरुको ज्ञान, सीपको उपयोग गरेर अघि बढ्ने योजना पनि सुनाए ।
उनले बाढी र पहिरोको चपेटामा परेको बस्तीको उचित व्यवस्था गर्ने बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीलाई सम्मान पनि गरिएको थियो ।




