बुटवल, २३ भदौ । नेपालमा सामुदायिक विद्यालयको संख्या करिब १४ हजारको हाराहारीमा छ । त्यसमा अधिकाशं विद्यालयको गुणस्तर, भौतिक संरचना नतिजा खस्कदै क्रममा छ । तर, पछिल्लो समयमा बुटवलको केही विद्यालयहरुको नजिता राम्रो देखिएको छ ।
पश्चिम क्षेत्रकै महत्वपूर्ण शैक्षिक केन्द्रको रुपमा चिनिन्छ, बुटवल । नेपालमै पटक पटक सर्वोकृष्ट नतिजा ल्याउन सफल भैसकेका विधालयमा अर्घाखाची, गुल्मी , पाल्पा, स्याङ्जा, प्युठान, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाहरुबाट हजारौको सङ्ख्यामा विद्यार्थीहरु आउने गर्दछन् ।
नेपालमा सामुदायिक विद्यालयको अवस्था खस्कदो क्रममा छ । तर बुटवलका सामुदायिक शैक्षिक विद्यालयहरुमा भने सयौको संख्यामा विद्यार्थीहरु भर्ना नपाई फर्किनु पर्ने बाध्यात्मक अवस्था छ ।
बुटवलको गृह कान्ति मावि, शान्ति नमुना मा.वि लगायतका विद्यालयहरुले वर्षेनी उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । विद्यालयको अवस्था बाट प्रधानाध्यापक, अभिभावक मात्र हैन, विधार्थीहरु समेत खुसि छन् ।
यसरी पछिल्लो समयमा बुटवलका केही सामुदायिक विधालयहरुले वर्षेनी राम्रो नतिजा ल्याउन थालेपछि अहिले जनप्रतिनिधी समेत नयाँ कार्यक्रम ल्याउन तम्सेर लागि परेका छन् । विद्यालय र व्यवस्थापनले चाहे सामुदायिक विद्यालयको पनि अवस्था सुधार गर्न सकिने देखेर तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे स्यंम समेत लागि परेका छन् ।




