‘अयोग्य’ झा पुनः अध्यक्ष | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘अयोग्य’ झा पुनः अध्यक्ष

digamber-jha

काठमाडौं, २३ भदौ । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकामाथि नै प्रश्न उठ्ने गरी विवादित छविका दिगम्बर झालाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा पुनः नियुक्त गरेका छन्। विभागीय ९सञ्चार तथा सूचना प्रविधि० मन्त्री गोकुल बास्कोटा इथियोपिया गएका बेला बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पहिला ‘अयोग्य’ भनेका झालाई पुनः प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति दिएको एक मन्त्रीले बताए।

‘दिगम्बर झालाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने एक प्रस्ताव छ। तपाईंहरूको अरु केही छ,’ मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अन्य कोही पनि मन्त्री केही बोल्नु भएन ।’ यसअघि आइतबारको बैठकमा झालाई पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको थियो। त्यस दिन केही मन्त्रीले सो प्रस्तावका चर्को आलोचना गरेपछि निर्णय हुन सकेको थिएन। मन्त्रिपरिषद्मा सो प्रस्ताव लगेकै दिन मन्त्री बास्कोटा इथियोपिया उडेका थिए।

मन्त्रिपरिषद्को बिहीबारको बैठकमा भने कुनै छलफलबिना झालाई नियुक्त गर्ने निर्णय भएको स्रोतले बतायो। प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले आफूहरू भ्रष्टाचार विरोधी भएको र अपारदर्शी कामलाई निरुत्साहित गर्ने अभिव्यक्ति सार्वजनिक रुपमा दिँदै आएका छन् तर व्यवहारमा भने ठिक त्यसको उल्टो भएको देखिएको छ। सबैलाई रिझाउन खप्पिस झा यसपाली पनि रिझाउन सफल भएको मन्त्रालय स्रोतले बतायो।

झाले वितगमा पनि सम्बन्धित मन्त्री, सचिव, शक्ति केन्द्रलाई रिझाएर विभिन्न ठाउँमा नियुक्ति पाएका थिए । नेपाल आयल निगममा दोस्रो पटक नियुक्ति लिनसमेत उनले ठूलो कसरत गरेका थिए । निगममा पहिलो कार्यकाल सकिएपछि पुनः नियुक्ति पाउन उनले तत्कालीन आपूर्तिमन्त्री लेखराज भट्टलाई आफ्नो सचिवालयमार्फत सीधै ८ करोड रुपैयाँ अफर गरेको उनी नजिकको स्रोतले बतायो। भट्टले ८ करोडको अफरलाई बेवास्ता गरेपछि तत्कालीन उद्योगमन्त्री अनिल झाबाट १० करोडको प्रस्ताव गएको दाबी स्रोतको छ।

भट्टले झालाई कुनै पनि हालतमा पुनः नियुक्ति नदिने बताएपछि उनी पछि हटेका थिए । झाले पहिलोपटक २०६४ भदौ २१ गते निगमको प्रबन्ध निर्देशकमा नियुक्ति पाएका थिए। झा निगममा हुँदा आवश्यक नभएको ठाउँमा तेल डिपो स्वीकृति दिएको र ग्यासको लाइसेन्समा पनि अनियमिता गरेको आरोप लागेको थियो।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);