प्रकाश शर्मा
काठमाडौं, २१ भदौ । सरकारले भदौ २४ गते देखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । तर, यातायात व्यवसायीहरुले भने सरकारको निर्णय कार्यान्वयन हुन नसक्ने बताएका छन् ।
सरकारले सिण्डिकेट विरुद्ध समिति खारेजी र बैंक खाता रोक्का गरेका कारण बुकिङ गरेको रकम सुरक्षित गर्न समस्या हुने भन्दै व्यवसायीले अग्रिम टिकट बुकिङ गर्न नसक्ने बताए छन् ।
सरकारले बारम्बार यातायात व्यवसायीहरुलाई दशैँको समयमा अग्रिम टिकट बुकिङ खुलाउन गरेको आग्रहलाई व्यवसायीहरुले अस्वीकार गरेका छन् । यात्रु सडक र लगानीको सुरक्षाको प्रत्याभूति नहुँदासम्म जस्तोसुकै नियम कानुन बनाए पनि लागु गर्न कठिन हुने व्यवसायीहरुले बताउँदै आएका छन् ।
सरकारले न्यायोचित भाडादर समायोजन नगर्ने हो भने ताला चाबी सरकारलाई बुझाउनुको विकल्प नरहेको व्यवसायीहरुको भनाई रहेको छ ।