काठमाडौँ, ७ भदौ । भारतको उत्तर प्रदेशमा बुधबार भएको एक यात्रुबाहक रेल दुर्घटनामा ७४ व्यक्ति घाइते भएका छन। बुधबार बिहान सबेरै भएको यस दुर्घटना रेलमा रहेका १० वटा डिब्बा पटरीबाट अलगिएको अधिकारीहरुले जानकारी दिएका छन।
उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट १८० किलोमिटर टाढा रहेको औरैया जिल्लामा सो दुर्घटना भएको जनाइएको छ। यस दुर्घटनामा ७४ व्यक्ति घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
भारतीय रेल मन्त्री सुरेश प्रभुले यस दुर्घटनालाई आफूले व्यक्तिगत रुपमा नै निरीक्षण गरिरहेको जानकारी दिएका छन्। भारतको उत्तर प्रदेशका मुजाफ्फारनगर जिल्लामा गत आइतबार मात्र भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु हुनुको साथै अन्य १५० भन्दा जना घाइते भएका थिए।
यस घटनाको तीन दिन पछाडी पुनः उत्तर प्रदेशमा नै रेल दुर्घटना भएको छ। रेलको पटरीबाट १४ डिब्बा बाहिर गएपछि रेल दुर्घटना भएको थियो