‘किरिक पार्टी’ को रिमेकमा कार्तिक र ज्याकलीनको जोडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

‘किरिक पार्टी’ को रिमेकमा कार्तिक र ज्याकलीनको जोडी

entertainment

काठमाडौं, २० भदौ । एक्सन थ्रीलर फिल्म रेस ३ मा सलमान खानसँग देखिएकी अभिनेत्री ज्याकलीन फर्नान्डिज अब चाँडै कन्नडको हिट फिल्म ‘किरिक पार्टी’ को हिन्दी रिमेकमा देखिने भएकी छिन् ।

यो फिल्ममा ज्याकलीनसँग कार्तिक आर्यन स्क्रिनमा पहिलो पटक देखिनेछन् । उक्त फिल्मलाई राष्ट्रिय पुरस्कार विजेता अभिषेक ज्यानले निर्देशन गर्दैछन् । यसलाई धीरज वाधवान, अजय कपूर, र वृतिकाले संयूक्त रुपमा निर्माण गर्नेछन् । ‘किरिक पार्टी’ एक कन्नड फिल्म हो ।

निखिल सिध्दार्थ र सिमरन पनीजाको यसमा प्रमुख भूमिका छ ।  ट्रेड एनलिस्‍ट तरण आदर्शले ‘किरिक पार्टी’ को हिन्दी रिमेकको जानकारी ट्विटमार्फत् दिएका छन् । कार्तिकको पछिल्लो रिलिज फिल्म सोनू के टीटू की स्‍वीटी बक्सअफिसमा हिट साबित भएको थियो । फिल्मीखवरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);