उदयरपुरको कटारी बजार व्यापारिक केन्द्रको रुपमा परिणत हुँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

उदयरपुरको कटारी बजार व्यापारिक केन्द्रको रुपमा परिणत हुँदै

katari bazar

गोपाल पोखरेल
उदयपुर, १९ भदौ
। १२ वर्ष अघिसम्म उदयरपुरको कटारी बजार भनेपछि बेग्लै किसिमको चहलपहल थियो । त्यो बेला खोटाङ देखिका मानिसहरु नुन किन्न कटारी बजार धाउने गर्दथे । तर, द्धन्द्धकाल पछि गाउँ गाउँमा पुगेका सवारी साधनका कारण ओझेलमा परेको कटारी बजार अहिले फेरी ठुलो व्यापारिक केन्द्रको रुपमा परिणत हुँदै गएको छ ।

कटारी बजारमा बढेको व्यापारिक चहलपहलले सर्बसाधारणको दैनिक जीवन सहज र सरल बनेको छ । कटारी केन्द्रबाट उदयपुरबासीलाई मात्र होइन, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाका सर्बसाधारणलाई समेत दैनिक उपभोग्य बस्तुको खरिद बिक्री तथा आवतजावतमा सहज भएको छ ।

तत्कालिन माओवादी द्वन्द्वको समयमा असुरक्षाका कारण सुनसान बनेको कटारी बजार अहिले व्यापारिक केन्द्रको रुपमा परिवर्तन हुँदैछ । व्यापारिक चहलपहल बढेसंगै ग्रामीण सडक निर्माण कार्यलाई उच्च प्राथमिकता दिइएपछि सर्बसाधारणलाई बजारसम्म आवत जावत गर्न पनि सहज भएको छ । स्थानीय उत्पादनले बजार पाउन थालेका छन् ।

द्वन्द्वको समयमा सुरक्षालाई प्रमुख कारण देखाउँदै अन्यत्र लागेका स्थानीय व्यापारी पुन फर्किएका छन् । यसबाट आफ्नो उत्पादन बजारमा बेचेर जीवनयापन गर्ने किसानहरुलाई समेत धेरै फाइदा पुगेको छ । कटारी बजार र कटारी नगरपालिका क्षेत्रमा अझ आर्थिक गतिविधि बढाउन नगरपालिकाले पनि बृहत गुरुयोजना तयार गरेको छ ।

उदयपुर जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकामै कच्ची सडक पुगिसकेको छ । द्वन्द्व व्यवस्थापन भएपछि कटारी बजारसँगै उदयपुर जिल्लाका बेल्टार, रामपुर, नेपालटार र मुर्कुची बजारमा समेत आर्थिक गतिविधि बढेर गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);