एशिया कप छनोटमा नेपाल र हङहङ भिड्दै, नेपालको खराब सुरुवात | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

एशिया कप छनोटमा नेपाल र हङहङ भिड्दै, नेपालको खराब सुरुवात

nepalvshongkong

काठमाडौं, १९ भदौ । एशिया कप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल आफनो लिगकोे अन्तिम चरणको खेल हङकङसँग खेल्दैछ । मलेसियामा जारी एसीसी एशिया कप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत नेपालले टस जितेर हङकङ विरुद्ध पहिला ब्याटिङ गर्दै छ ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपाललाई सुरुवातमा नै झट्का लाग्न पुग्यो । फाइनलमा स्थान बनाउने संभावना जिवितै राख्नका लागि ठुलो अन्तरले विपक्षीलाई हराउनु पर्ने नेपालले मात्र एक रन हुदा पहिलो विकेट गुमायो । ओपनर सुवास खकुरले खाता खोल्न नपाउदै आउट भए ।

त्यसपछि नेपालले २३ रनमा अर्को विकेट गुमायो । कप्तान पारस खड्का मात्र १४ रनमा पेभेलियन फर्किए । नेपालको स्कोर ४४ रनका हुदा अनिल शाह १५ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो । नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । ४८ रन बनाउदा ज्ञानेन्द्र मल्ल १२ रनमा पेभेलियन फर्किए जसका कारण नेपालले चौथो विकेट गुमायो ।

निकै कमजोर ब्याटिङ गरेको नेपालले ५५ रनमै छैटौ विकेट खेर फाल्यो । सागर पुन ७ रनमा आउट भए । नेपालको स्कोरबोर्डमा अरु तीन रन थपिदा सातौ विकेट गयो । सोमपाल कामीले खाता खोल्न सकेनन । अहिले सम्मको स्थितिमा नेपालले ७ विकेट गुमाउदै ३१ ओभरमा ७८ रन मात्र जोड्न सकेको छ ।

आजको खेलमा पराजित हुने टोली सोझै छनोटबाट बाहिरिनेछ । अहिले सम्मको खेल अंकमा, ओमान ७ अंकसहित शीर्ष स्थानमा छ भने, ६ अंक जोडेको यूएई दोस्रो र हङकङ ५ अंकसहित तेस्रो स्थानमा छ । ४ अंक जोडेको नेपाल चौथो स्थानमा छ । अहिलेसम्म नेपाल र हङकङको १२ खेलमा भेट भइ सकेको छ । जसमा नेपालले ७ तथा हङकङले ५ खेल जितेका छन् ।

सन् १९९६ देखि सन् २००० बीचका तीन खेल हङकङले लगातार जित हात पारेको थियो । भने, सन् २००६ देखि २०१४ सम्म भएका पाँच वटा टुर्नामेन्टमा नेपालले हङकङलाई पराजित गरेको थियो ।आजको खेलमा नेपाल लाई जित्नै पर्ने दबाब रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);