निगम डुबाउने चिनियाँ जहाज कसरी भित्रियो ? | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८३, सोमबार

निगम डुबाउने चिनियाँ जहाज कसरी भित्रियो ?

chiniya jahag

काठमाडौं, १९ भदौ । वार्षिक न्यूनतम ३५ करोड रुपैयाँको आर्थिक नोक्सानी पारिरहेका चिनियाँ जहाज ल्याउन सिफारिस गर्ने को को थिए ।
चीन सरकारले यही सिफारिसलाई देखाएर ती जहाज (६ वटै) नेपाल सरकारलाई किन्न दबाब दिएको थियो।

यसरी सिफारिस नगरिएको भए ती जहाज नेपाल भित्रिँदैनथे र मुलुकलाई करोडौं रुपैयाँको घाटा पर्दैनथ्यो। बंगलादेशले पनि यही वाई १२ जहाज खरिद गर्न आफ्ना प्राविधिक टोली चीन पठाएको थियो। तर तिनले ठाडै अस्वीकार गरिदिएका थिए। तर, नेपालमा ठीक उल्टो भयो। चीनको एभिक इन्टरनेशनल होल्डिङ कर्पोरेसन (एभिक इन्टरनेशनल) ले नेपाल वायुसेवा निगमलाई प्रस्तावित जहाजका प्राविधिक पक्ष अवलोकन गरिदिन निमन्त्रणा गर्‍यो।

त्यसअनुसार निगमका ५ पाँच पदाधिकारी सम्मिलित टोलीले २०११ नोभेम्बर १५ देखि २२ सम्म चीनका विभिन्न ठाउँ भ्रमण गर्‍यो। भ्रमणपश्चात उनीहरूले निगम सञ्चालक समितिलाई २५ नोभेम्बरमा प्रतिवेदन बुझाए। उक्त प्रतिवेदनमा ५६ सिटे एमए–६० र १९ सिटे वाई–१२ जहाज नेपालमा उडाउन राम्रो हुने सिफारिस गरियो। त्यति मात्र होइन, निगमले त्यतिबेला उडाइरहेका ट्वीनवरलगायत अन्य जहाजसँग प्राविधिक र आर्थिक तुलना गरी चिनियाँ जहाजलाई ‘उच्च स्थान’ मा राखिएको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

ताजा समाचार