७ महिनाकी गर्भवतीलाई बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

७ महिनाकी गर्भवतीलाई बलात्कार गरेको अभियोगमा तीन जना पक्राउ

कपिलबस्तु, १८ भदौ । गर्भवती महिलालाई वलात्कार गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गणेशपुर कपिलबस्तुले पीडितको किटानी जाहेरीको आधारमा सोमबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नंं – ७ का २८ वर्षीय बकन्चु केवट, ४२ वर्षीय वरसाती केवट र ३८ वर्षीय प्रह्लाद केवट रहेका छन् । प्रक्राउ परेका सवैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानमा राखिएको प्रहरीले जनाएको छ ।

बलात्कारमा पर्ने महिलाको पेटमा ७ महिनाको गर्भ रहेको प्रहरीको भनाई छ । आइतबार राती सुतिरहेको अवस्थामा गर्भवती महिलालाई उनीहरुले बलात्कार गरेको प्रहरीले अभियोग लगाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);