एशिया कप छनोट : नेपालद्वारा सिंगापुर ४ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

एशिया कप छनोट : नेपालद्वारा सिंगापुर ४ विकेटले पराजित

nepal vs singapore

काठमाडौं, १७ भदौ । एशिया कप छनोट क्रिकेटमा नेपालले दोस्रो जित हात पारेको छ ।  सिंगापुर विरुद्ध ४ विकेटको जितसँगै नेपालले फाइनलमा पुग्ने झिनो सम्भावना जिवित राखेको छ ।

सिंगापुरले नेपाललाई १ सय ५२ रनको सामान्य लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर अनिल शाहले आक्रमक सुरुवात गरेका थिए । उनले ३२ बलमा ४३ रन बनाए । यसैगरी ज्ञानेन्द्र मल्लले २९ र दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ३३ रन बनाएका थिए ।

बलिङतर्फ नेपालका सन्दिप लामिछाने र ललित सिंह राजवंशीले ३÷३ विकेट लिएका थिए । यसैगरी सोमपाल कामीले २ र बसन्त रेग्मीले एक विकेट लिए । नेपालले आफ्नो अन्तिम म्याच हङकङविरुद्ध खेल्नेछ । यो जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);