चिकित्सकले एकमुष्ट लाइसेन्स बुझाउने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

चिकित्सकले एकमुष्ट लाइसेन्स बुझाउने

doctor girl

काठमाडौं, १५ भदौ । चिकित्सकसँग भएको मौखिक सहमति अनुरुप सरकारले कानुन संशोधनन प्रक्रिया अघि नबढाएको भन्दै नेपाल चिकित्सक संघले आफ्ना सदस्य चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा एकमुष्ट बुझाउने तयारी गरेको छ ।

संघका महासचिव डा. लोचन कार्कीले चिकित्सकसँग गरेको सहमतिमा सरकार गम्भीर र इमानदार नदेखिएकाले लाइसेन्स बुझाउने निर्णय गर्नुपर्ने अवस्था आएको बताए । भदौ १ मै मेडिकल काउन्सिलमा लाइसेन्स बुझाउने तयारी गरेका चिकित्सकहरु कानुनमन्त्री भानुभक्त ढकालको आश्वासनपछि केही समयका लागि पर्खेका हुन् ।

उनीहरुले मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउन शुक्रबारसम्मको समय दिएका छन् । आजको नागरिक दैनिकले यो समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);